दु:खद खबर दुर्घ’टनामा ५ जनाको मृ’त्यु





काठमाडौ । प्युठान, गौमुखी गाउँपालिका-७ चौतारा बस्ने रमेश पुरीकी ६ वर्षीया छोरी रजिना पुरीको ट्याक्टरले कि’चेर शुक्रबार दिउँसो मृ’त्यु भएको छ । रा।१ त ७४७ नम्बरको ट्याक्टरमा सवार रजिनाको झिमरुक गाउँपालिका-८ चैतेबारीमा ट्याक्टरबाट झ’र्ने क्रममा ट्याक्टरले कि’च्दा घट’नास्थलमै मृ’त्यु भएको हो । ट्याक्टर नियन्त्रणमा लिई फ’रार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बारा, जितपुरसिमरा उपमहानगरपालिका-१६ पैनी टोलमा प्रदेश ३-०२-०१४ प ५२५६ नम्बरको मोटरसाईकल अनि’यन्त्रित भई शुक्रबार साँझ दुर्घ’टना हुँदा मोटरसाइकलमा सवार सोही ठाँउ बस्ने २३ वर्षीय सुदिप खरेलको मृ’त्यु भएको छ । दुर्घ’टनामा ग’म्भीर घा’इते भएका उनको वीरगंज न्यूरो अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको हो । दुर्घ’टनामा घा’इते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सर्लाही, हरिबन नगरपालिका-२ बेलचौतरामा ना।६ त ३०९३ नम्बरको ट्याक्टर शुक्रबार राति बाटोबाट करिब ३० फिट तल ख’सेर दुर्घ’टना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ४१ वर्षीय कामी सिंह घलानको ट्याक्टरमा च्या’पिएर घट’नास्थलमै मृ’त्यु भएको छ ।

सिन्धुली, दुधौली नगरपालिका-५ सिर्थौली नयाँ टोलमा ना।५ त १९५१ नम्बरको ट्याक्टर शनिबार बिहान दुर्घ’टना हुँदा सोही नगरपालिका छपाहा बस्ने ट्याक्टर चालक २१ वर्षीय बियस कुमार दनुवारको मृ’त्यु भएको छ । ग’म्भीर घा’इते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली हुँदै थप उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ लैजाने क्रममा बाटोमै मृ’त्यु भएको हो ।

तनहुँ, भानु नगरपालिका-५ पञ्चनगरस्थित डुम्रे चन्द्रावती सडकमा बा।७० प ६९०१ नम्बरको मोटरसाइकलले शनिबार बिहान ठ’क्कर दिँदा पैदलयात्री सोही ठाउँ बाङ्गेरुवा बस्ने राजु सिम्खडाको छोरा ८ वर्षीय आईज्याक सिम्खडाको मृ’त्यु भएको छ ।

ठक्क’रबाट ग’म्भीर घा’इते भएका उनको लक्ष्मी अस्पताल डुम्रेमा सामान्य उपचार पश्चात पुरानो मेडिकल कलेज भतरपुर चितवनतर्फ लैजाने क्रममा बाटोमै मृ’त्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले निय’न्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *