दु’र्घटनामा ११ जनाको मृ’त्यु, छ जना घा’इते



काठमाडौ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्हिनन्दन गाउँपालिका–४ लुतपुरवास्थित सडकमा लु.३१ प २३२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री रामग्राम नगरपालिका–७ उजैनी बस्ने ६५ वर्षीय अल्गु बेलदारको शुक्रबार बिहान मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनमा घाइते भएका मोटरसाइक चालक रुपन्देही ओमसतिया गाउँपालिका–६ बेलहिया बस्ने २४ वर्षीय पुन्टे तेलीको सोही अस्पतालमा उपचार भईरहेको छ ।सिरहा, गोलबजार नगरपालिका–९ चोहर्वास्थित सडकमा ना.५ ख ७५९६ नम्बरको ट्रकले प्रदेश ३–०१–०१४ प ५८४३ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार झापा शनिश्चरे नगरपालिका–८ बस्ने ५० वर्षीया आशा श्रेष्ठको मृत्यु भएको छ ।



दुर्घटनामा गम्भीर घाइते भएकी आशाको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैया लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।उता कैलाली, घोडाघोडी नगरपालिका–१ घोडाघोडी तालस्थित सडकमा से.१ त ५०८४ नम्बरको ट्याक्टरले से.७ प १७६३ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही स्थान सुख्खड बजार बस्ने ३३ वर्षीय सुरेश लामिछानेको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाईते भएका सुरेशको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।धनुषा, शहिदनगर नगरपालिका–४ हाती पेट्रोल पम्पस्थित सडकमा स.६ प ५२३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सबैला नगरपालिका–९ बस्ने ३६ वर्षीया बेचनी देवी यादवको मृत्यु भएको छ ।



दुर्घटनामा गम्भीर घाईते भएकी बेचनीको उपचारको लागि रामजानकी अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यसैगरी नवलपरासी (पूर्व), बिनयी त्रिबेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित सडकमा प्रदेश २–(०३–(००१ क ००७५ नम्बरको टिपर अनियन्त्रित भई करिब ३ सय मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा टिपर चालक बारा सिमरा बस्ने ४२ वर्षीय रामहरि थापा र सह चालक सोही स्थान बस्ने ३५ वर्षीय राजेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।पाल्पा, रम्भा गाउँपालिका–४ रक्सास्थित राम प्रसाद खनालको खेतमा लु.३ त ९८१२ नम्बरको ट्याक्टरले माथागढी गाउँपालिका–४ ज्यामिरे बस्ने ६६ वर्षीय टिका बहादुर जिसीलाई बिहीबार बिहान ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



धादिङ, थाक्रे गाउँपालिका–१ खहेरघारीस्थित सडकमा ना.५ ख ५७२१ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा ट्रक चालक पर्सा वीरगंज महानगरपालिका–३१ बस्ने ३४ वर्षीय शेख अलि अख्तरको मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका अख्तरको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ट्रकमा सवार २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ ।बाँके, कोहलपुर नगरपालिका–३ मैटहवा चोकस्थित सडकमा भे.१ त ५८७५ नम्बरको ट्याक्टरले भे.४ प ६३५३ नम्बरको मोटरसाइकललाई शुक्रबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका–२ बस्ने २५ वर्षीय नरेश थारुको मृत्यु भएको छ ।



ठक्करबाट गम्भीर घाइते भएका नरेशको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मोरङ, सुन्दरहरैचा नगरपालिका–८ चिउरा मिलस्थित सडकमा को.३ त १३ नम्बरको ट्याक्टर र को.१६ प ४८९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–१ बस्ने ७० वर्षीय चन्द्र कार्कीको मृत्यु भएको छ ।ठक्करबाट गम्भीर घाइते भएका कार्कीको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।दुबै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

स्रोत : नेपाल प्रहरी केन्द्रीय कार्यालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *