गत २४ घण्टामा नेपालभर थपिए यति धेरै नयाँ कोरोना संक्रमित,





काठमाडौं । गत २४ घण्टामा काठमाडौं उपत्यकासहित देशभर १९ सय ४५ कोरोना संक्रमित थपिएका छन् । आज काठमाडौँ उपत्यकामा ११ सय ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा ८ सय ६२, भक्तपुरमा ७१ र ललितपुरमा १ सय ७४ जना नयाँ संक्रमित थपिएका हुन् ।

२४ घण्टामा जम्मा १० हजार ३ सय ४० पीसीआर परीक्षण गरिएको थियो । हालसम्म पीसीआर विधिबाट १६ लाख ४३ हजार ८ सय ९९ परीक्षणहरु गरिएका छन् । मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म २४ हजार ६ सय ६५ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ सय ५३ जना रहेका छन् ।

अर्कोतिर पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५३ सय ६४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ९१ हजार २ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार २२ पुगेको छ । आज नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ९८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *