दु:खद खबर छिमेकी बालकलाई उपचार गराउन मोटरसाइकलमा लगे दुर्घ’टनामा उनकै गयो ज्या’न,





काठमाडौ । छिमेकी बालकलाई उपचारका लागि भन्दै आफ्नो मोटरसाइकलमा लिएर गएका मोटरसाइकल धनी सहित बालकको नि’धन भएको छ । छोराको उपचारको लागि गएकी आमा घा’इते भएकी छन् ।बिर्तामोडमा यस्तो घट’ना भएको हो। बुधवार दिउँसो साढे ११ बजे पूर्व(पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका(६, बस पार्क पूर्व दुईवटा मोटर साइकल एक आपसमा ठोक्किदा दुर्घ’टना भएको हो । दुर्घ’टना भएर सडकमा ल’डेको मोटरसाइलमा रहेका उनीहरुलाई ट्रकले कि’चे’को हो ।

दुर्घ’टनामा निध’न हुने बुद्धशान्ती–३ का ११ बर्षिय दिप्सन कडेँल र सोही ठाउँका २४ बर्षिय कुशल लिम्बु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । कुशलले आफ्नो छिमेकी दिप्सनलाई उपचारका लागि अस्पताल लैजान सहयोग गरेका थिए । दिप्सनको आमा पनि मोटरसाइकलमा बसेकी थिइन् । घट’नामा दप्सनकी आमा घा’इते भएकी छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका–६ को गिरी मन्दिर नजिकै पश्चिमबाट पूर्वतर्फ गइरहेको मे २ प ४८४७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको ‘अन टेष्ट’ मोटरसाइकल एकआपसमा ठो’किएको थियो ।

सोही क्रममा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३५० नम्बरको ट्रकले मोटरसाइकललाई कि’चेको हो । ११ वर्षीय दिप्सन र कुशलको घट’नास्थलमै नि’धन भएको छ भने सोहि मोटरसाइकलमा पछाडि सवार दिप्सनकी आमा सावित्रा घिमिरे कडेल सामान्य घा’इते भएकी छन् ।

ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। छिमेकीको मोटरसाइकल सहयोग मागेर सावित्रा कडेलले छोराको आँखा जाँच गराउन बिर्तामोड आएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *