चाडपर्व मनाएर फर्किएका सवारी दुर्घ’टनामा १० जनाको मृ’त्यु




रोल्पा, सुनिलस्मृती गाउँपालिका-८ तल्लोपानीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठ’क्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४६ वर्षीय कृष्ण राहु मगरको बुधबार राति मृ’त्यु भएको छ । दुर्घ’टनामा घा’इते भएका उनको प्राथमिक स्वास्थ्य चौकी हुँदै थप उपचारको क्रममा बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृ’त्यु भएको हो । दुर्घ’टनामा घा’इते भएका अन्य २ जनाको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । दुर्घ’टनामा संलग्नको खोजी गर्ने क्रममा लु.१ ज ३०७० नम्बरको जिप चालक र सहचालकलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ पुरुवाल पेट्रोलपम्प नजिक सडकमा ना.५ ख ८९३२ नम्बरको बसले भे.९ प १५२२ नम्बरको मोटरसाइकललाई बुधबार बेलुका ठक्कर दिँदा मोटरसाइकलमा सवार बर्दिया ठाकुरबाबा नगरपालिका-२ बलादी बस्ने २१ वर्षीया तुल्सी पौडेलको मृ’त्यु भएको छ । दुर्घ’टनामा ग’म्भीर घा’इते भएकी उनको नबजीवन अस्पताल धनगढीमा उपचारको क्रममा मृ’त्यु भएको हो । घा’इते भएका मोटरसाइकल चालक सुर्खेत बीरेन्द्रनगर नगरपालिका-११ बस्ने २१ वर्षीय मदन ढकालको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१९ भैयापुरस्थित सडकमा रोकी राखेको भे.१ त ९२५३ नम्बरको ट्याक्टरमा खेल्ने क्रममा खसेर सोही उपमहानगरपलिका-१९ भैयापुर बस्ने भिम बहादुर लिम्बुको ४ वर्षीय छोरा तेन्जिह्याङ लिम्बुको बुधबार साँझ मृ’त्यु भएको छ । ट्याक्टरबाट खसेर ग’म्भीर घा’इते भएकी उनको नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा मृ’त्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता तनहुँ, ब्यास नगरपालिका-५ मनुङकोटस्थित सडकमा ग.१ ख २९४२ नम्बरको हाईस गाडी बाटोबाट करिब ४ सय मिटर तल ख’सेर बुधबार बिहान दुर्घ’टना हुँदा कास्की पोखरा लेखनाथ महानगरपालिका-३२ बस्ने २९ वर्षीया सुनिता गुरूङको मृ’त्यु भएको छ । दुर्घ’टनामा घा’इते भएकी उनको रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृ’त्यु भएको हो । दुर्घ’टनामा घा’इते भएका अन्य ८ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

झापा, बिर्तामोड नगरपालिका-६ गिरी मन्दिर नजिक सडकमा बुधबार बिहान सवारी दुर्घ’टना हुँदा मे. २ प ४८४७ नम्बरको मोटरसाइकलमा सवार २ जनाको घट’नास्थलमै मृ’त्यु भएको छ । मृ’त्यु हुनेहरुमा बुद्धशान्ति गाउँपालिका-३ बस्ने ११ वर्षीय दिप्सन कडेल र हाल नाम, वतन नखुलेका मे। २ प ४८४७ नम्बरका मोटरसाइकल चालक रहेका छन् । उक्त सडकमा मे।२ प ४८४७ नम्बर र ३१०२०४२ पीए ७९८२ नम्बरको अनटेस्ट मोटरसाइकल एक आपसमा ठक्कर खाई अनिय’न्त्रित भएको अवस्थामा पुनस् ना.६ ख ३३५० नम्बरको ट्रक र को.१ च ९३१७ नम्बरको स्कारपियोले उक्त मोटरसाइकलहरुलाई ठ’क्कर दिँदा उनीहरुको मृ’त्यु भएको थियो ।

दुर्घ’टनामा घा’इते भएका मे.२ प ४८४७ नम्बरको मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३९ वर्षीया साबित्रा कडेल र अनटेष्ट मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-११ बस्ने २२ वर्षीय गगन तामाङको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरेहको छ । ट्रक र स्कारपियोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी, बर्दिबास नगरपालिका-१ सिन्धुली चोकमा ग.९ प ५३२१ नम्बरको मोटरसाइकललाई ना.७ ख ३९२१ नम्बरको तेल ट्यांकरले बुधबार बिहान ठ’क्कर दिँदा मोटरसाइकलमा सवार सिन्धुली दुधौली नगरपालिका(१० तिनपटन बस्ने २६ वर्षीय आशा लाल परियारको मृ’त्यु भएको छ । दुर्घ’टनामा ग’म्भीर घा’इते भएका उनलाई उपचारका लागि शुभ स्वस्तिक अस्पताल बर्दिबासतर्फ लैजाने क्रममा बाटोमै मृ’त्यु भएको हो । ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, बरथहवा नगरपालिका-१२ पुरैनियास्थित सडकमा बा.९१ प ३५३८ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री करिब ६५ वर्षीय कृष्ण बहादुर श्रेष्ठको बुधबार बिहान मृ’त्यु भएको छ । ठ’क्करबाट ग’म्भीर घा’इते भएका उनलाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र बरथहवातर्फ लैजाने क्रममा बाटोमै मृ’त्यु भएको हो । दुर्घ’टनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घ’टनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *