बिहान बिहानै आयो दु:खद खबर सुत्केरी हुने क्रममा १८ वर्षीया युवतीको मृ’त्यु





दैलेखको नारायण नगरपालिका- ११ विन्ध्यवासिनीमा सुत्केरी हुने क्रममा १८ वर्षीया युवतीको मृ’त्यु भएको छ।माइती घरमा लडेर घा’इते भएकी १८ वर्षीया दीपा विकको शल्यक्रियामार्फत सुत्केरी गराउँदा मृ’त्यु भएको प्रहरीले जनाएको छ। बुधबार उनी दैलेखकै भगवतीमाई गाउँपालिका २ मा रहेको माइती घरमा ल’ड्दा गम्भीर घा’इते भएकी थिइन्।


घा’इते दीपालाई उपचारका लगि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। ल’ड्दा पेटमा ग’म्भीर चो’ट लागेकी दीपाको अस्पतालमा शल्यक्रिया गरी बच्चा निकाल्ने क्रममा मृ’त्यु भएको हो। उनका नवजात शिशुको पेटमै मृ’त्यु भएको अस्पताल स्रोतले जनाएको छ।

दीपाका देवर पूर्ण विकका अनुसार स्वास्थ्यकर्मीले २५ मंसिरमा उनलाई सुत्केरी हुने मिति तोकेका थिए। पेटमा चो’ट लागेका कारण समय अघि नै उनको शल्यक्रिया गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *