मोटरसाइकल अनि’यन्त्रित भई त्रिशूलीमा ख’स्दा एकको मृ’त्यु, एक जना ग’म्भीर घा’इते





चितवन – नारायणगढ–मुग्लिन सडकखण्डमा ज मोटरसाइकल दु’र्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ भने अर्का एक जना ग’म्भीर घा’इते भएका छन् ।
इच्छाकामना गाउँपालिका–६ चेपाङडाँडास्थित सडकबाट मोटरसाइकल अनि’यन्त्रित भई त्रिशूली नदीमा ख’स्दा सो दुर्घ’टना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृ’त्यु हुनेमा मोटरसाइकलको पछाडि सवार पर्वत जिल्ला कुश्मा नगरपालिका–१४ का २६ वर्षीय भेषबहादुर क्षेत्री रहेका छन् । सोही ठाउँ बस्ने मोटरसाइकल चालक अनिल विक ग’म्भीर घा’इते भएका छन् ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग७प २०२३ नम्बरको मोटरसाइकल साँझ ५ः५० बजेको समयमा अनि’यन्त्रित भई सडकदेखि ५० मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ । घट’नामा परी ग’म्भीर घा’इते क्षेत्रीको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचारका क्रममा साँझ ६ः४० बजे मृ’त्यु भएको हो । ग’म्भीर घा’इते विकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *