साह्रै दुखद खबर : नेपालमा आज यति धेरै संक्रमित को कोरोना लि’यो ज्या’न !




काठमाडौं, ३ मंसिर । कोरोना संक्रमणबाट आज थप १२ जनाको मृ’त्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृ’त्यु हुनेको सख्या १२५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।२४ घन्टामा नयाँ संक्रमित १४ सय ४२ थपिएका छन् ।

आज ३ हजार ५ सय ३८ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख १२ हजार ९ सय १७ संक्रमित भएपनि १ लाख ८२ हजार ७ सय ८० जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने २८ हजार ८ सय ७८ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १६ लाख २३ हजार ७ सय ५४ जनाको पिसीआर परिक्षण भएको छ भने २८ हजार ८ सय ७८ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ९ सय १० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *