अमेरिकी दूतावासमा रकेट ह’मला





काठमाडौं । अमेरिकी दुतावास नजिक ह’मला गरिएको छ । इराकको राजधानी बगदादमा अत्यधिक सुरक्षा कवच अन्तर्गत रहेका ग्रीन जोन क्षेत्रमा रकेट हम’ला गरिएको हो । हम’ला भएको स्थान अमेरिकाको दूतावासबाट ६०० मिटर जति दूरीमा रहेको जनाइएको छ ।

देशको नेशनल सेक्युरिटी सेवाको नजिकै रकेट खसालेका हुन् । यी हम’ला त्यस्तो अवस्थामा भएको छ जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा उपस्थित अमेरिकी सेनाको संख्या तीन हजारबाट घटाएर २५०० गर्ने निर्णय गरेका छन् ।

अक्टोबरको सुरुतिर इरान समर्थित समुहले इराकमा अमेरिकी दूतावासलगायत अमेरिकी सेनामाथि अस्थायी रूपमा हम’ला रोक्ने बताएका थिए । यो शर्त पनि राखिएको थियो कि अमेरिकाले इराकबाट आफ्नो सेना फिर्ता लिनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *