मन्दिर दर्शन गर्न गएकाहरुको ट्रक र ट्रलीमा जु’ध्यो, ११ जनाको मृ’त्यु, १६ को अवस्था ग’म्भीर





काठमाडौं । आज बिहान ३ बजे आसपास भएको सडक दुर्घ’टनामा ज्यान गुमाउनेहरुको संख्या एक दर्जन नजिक पुगेको छ । भारत, गुजरातको बडोदरा नजिकै मिनी ट्रक र ट्रलीको बीचमा भएको टक्करमा पाँच महिलासहित ११ जनाको घट’नास्थलमै मृ’त्यु भएको छ १६ जना घा’इते भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।


यी मध्ये केही ग’म्भीर अवस्थामा छन् । यी व्यक्तिहरू सूरतबाट पावागढ मन्दिरमा दर्शन गर्न जाँदै थिए । दुर्घ’टना राष्ट्रिय राजमार्गको वाघोदिया चौक नजिकै भएको थियो । घाइ’तेहरुलाई वडोदराको एसएसजी अस्पतालमा भर्ना गरिएको छ । सबै दुर्घ’टनाको समयमा सुतिरहेका थिए ।दुर्घ’टनापछि चिच्याईरहेको सुनेपछि वरपरका मानिसहरू सहयोगको लागि तत्काल पुगेर प्रहरीलाई खबर गरेका थिए । जानकारी अनुसार सबै सुरतको वरछा र पूना क्षेत्रका बासिन्दा थिए । उनीहरु हीरा र कपडा कारखानामा काम गर्थे ।

गुजरातका मुख्यमन्त्री विजय रुपाणीले ट्वीट गरी दुर्घ’टनामा शो’क व्यक्त गरेका छन भने घा’इतेलाई चाँडै स्वस्थ हुने कामना पनि गरेका छन् ।उनले खाँचोमा परेकाहरूलाई सहयोग गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । दुर्घ’टनालाई लिएर भारतका प्रधानमन्त्री, राष्ट्रपति लगायत विशिष्ट व्यक्तिहरुले पनि शो’क व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *