बिहान बीहानै आयो दु:खद खबर बोलेरो दुर्घ’टना हुँदा एकको मृ’त्यु, एघार घा’इते




लमजुङमा बोलेरो जिप दुर्घ’टना हुँदा एक जनाको मृ’त्यु भएको छ । दोर्दी गाउँपालिका-४ सिख्रभिर नजिक किसेदी खोलामा जिप दुर्घ’टना हुँदा दोर्दी ५ छतिगाउँकी अन्दाजी ७० वर्षीया सुनि गुरुङको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घ’टनामा परि ११ जना घा’इते भएका छन् । घा’इतेमध्ये दोर्दी-५ का २० वर्षीय प्रकाश गुरुङ, १५ वर्षीय निराजन गुरुङ, १७ वर्षीय सुरेश गुरुङ र दोर्दी-४ का ४८ वर्षीय पञ्चबहादुर तामाङको टाउकोमा ग’म्भीर चो’ट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका इन्सपेक्टर ओमप्रकाश पुनका अनसार दुर्घ’टनामा परि घा’इते हुनेमा दोर्दी गाउँपालिका-५ का ३५ वर्षीय दुखित गुरुङ, दोर्दी गाउँपालिका-५ का ५ वर्षीय दिपशन गुरुङ, पाचोकका ३७ वर्षीय चालक मक्कनसिंह गुरुङ, फोर्जुङका १० वर्षीया आशिका गुरुङ, फोर्जुङकै ४२ वर्षीया मनिशा गुरुङ, दोर्दी गाउँपालिका-५ का १६ वर्षीय निरञ्जन गुरुङ र ८ वर्षीया निर्जला गुरुङ रहेका छन् । उनीहरुको लमजुङ जिल्ला सामुदायिक अस्पताल बेंसीसहरमा उपचार भइरहेको छ ।

बेंसीसहरबाट दोर्दीको पाचोक जाँदै गरेको ग १ ज २१२७ नम्बरको बोलेरो जिप मंगलबार साँझ सवा ६ बजेतिर सडकबाट किसेदीखोलामा खसेको हो । उक्त जिप करिव १० मिटर तल किसेदी खोलामा खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *