पछिल्लो २४ घण्टामा नेपालभर एती धेरै नयाँ कोरोना संक्रमित थपिए




काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशभर ५०२ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै थप ३३९ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार काठमाडौंमा २८९, भक्तपुरमा १२ र ललितपुरमा ३८ जना नयाँ संक्रमित थपिएका हुन् ।

२४ घण्टामा देशभर ३ हजार ११२ पीसीआर परीक्षण भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । त्यसैगरी २४ घण्टामा २ हजार ८७८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।

योसँगै निको हुनेको १ लाख ७९ हजार २४२ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३० हजार ९८६ छ । यस्तै क्वारेन्टाइनमा रहनेको संख्या १ हजार ३ रहेको मन्त्रालयले जनाएको छ । अर्कोतिर मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख १७ हजार २३ परीक्षणहरु गरिएका छन् ।

२४ घण्टामा जम्मा ३ हजार ११२ पीसीआर परीक्षण भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २४७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *