चन्द्रागिरि २ बसुण्डोलमा १४ वर्षीया बालिका बला’त्कृ’त भएकी छिन् । भाइटिकाको दिन अर्थात् सोमबार साँझ चन्द्रागिरी नगरपालिकास्थित बसुण्डोलमा १४ वर्षीया बालिका बला’त्कृ’त भएकी हुन् ।
महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठका अनुसार बालिकालाई जबर’जस्तीक’रणी गरेको आरो’पमा थानकोट प्रहरीले एक युकवलाई नियन्त्रणमा लिएको छ । डिएसपी श्रेष्ठले भन्नुभयाे, ‘हुम्ला ताजाकोट गाँउपालिका-२ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका-२ बस्ने २३ वर्षीय सुरेश लोहारलाई नियन्त्रणमा लिइएका छाैँ ।’
श्रेष्ठका अनुसार लोहारले बालिकालाई भेट्न बोलाएर बसुण्डोलस्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरा घरको कोठामा जबर’जस्तीक’रणी गरेको पी’डित बालिकाले प्रहरी समक्ष बयान दिएकी छन् ।
घट’नालगत्तै फ’रार रहेका लोहारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।