नेपाल प्रहरी र विप्लव नेतृत्वको नेकपा कार्यकार्ताबीच फा’यर



काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हवाइ फायर गरेको छ । नेकपाले संखुवासभामा १२ राउण्ड हवाइ फा’यर गरेको हो । सोमबार विप्लवका कार्यकर्ताले त्यहाँको चैनपुर भन्ने स्थानमा १२ राउण्ड हवाइ फाय’र गरेका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव चक्र बहादुर बुढाले यस घट’नाको पुष्टि गर्नुभयो । विप्लव समूहले हवाइ फायर गर्नुको कारण खुलाएको छैन । जानकारी अनुसार अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको दुई वटा टोली सर्च अपरेशनका लागि घट’नास्थलतर्फ लागेको छ ।

सरकारले विप्लवको पार्टीले गैर कानुनी गतिविधि गर्न थालेपछि प्रति’बन्ध लगाएको थियो भने त्यसयता सो पार्टीका नेता कार्यकर्ता प’क्राउ पर्ने क्रम जारी रहेको छ । त्यहाँ प्रहरीलेपनि जवाफमा हवाइ फायर गरेको बुझिएको छ । थप सहायता र अप्रेशनका लागि थप प्रहरी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *