२० स्थानमा एकैदिन आगलागी : कुन-कुन जिल्ला ? [विवरणसहित]




काठमाडौ । पर्सा, बहुदरमाई नगरपालिका-८ रामनगरी बस्ने मनबुद्र साह तेलीको घरमा शनिबार राति आगलागी हुँदा आगलागीमा परी तेलीकी १५ वर्षीया छोरी मना कुमारी साहको मृत्यु भएको छ । आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

झापा, दमक नगरपालिका-१ स्थित दमक अस्पताल दमकको तेस्रो तल्लाको मेडिसिन स्टोररुमको एसी सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा बिभिन्न प्रकारका औषधि जलेर करिब १ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी झापा, बिर्तामोड नगरपालिका-६ बस्ने मनिज चौधरीको न्यू सफलता ईन्जिनियरिङ वर्कसपमा लक्ष्मी पूजा गर्न बालेको दियोबाट आगो सल्कीन गई शनिबार राति आगलागी हुँदा ग्यारेजमा रहेका नयाँरपुराना टायरहरु, मोटर पार्टसहरु र मोटर जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

पाँचथर, हिलिहाङ गाउँपालिका-३ तुम्बुङ बस्ने शर्ण योङहाङको घरमा शनिबार दिउँसो आगलागी हुँदा घर तथा घरभित्रका सम्पूर्ण सरसामान जलेर करिब ५ लाख ८६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

धादिङ, धुनिबेशी नगरपालिका-४ स्थित उदप घिमिरेको फेन्सी पसलभित्र लक्ष्मी पूजाको लागि बालेको सिन्के बत्तीबाट आगो सल्कन गई शनिबार साँझ आगलागी हुँदा लत्ताकपडा, जुत्ता, चप्पल जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सर्लाही, गोडैता नगरपालिका-८ स्थित रोकी राखेको ना।७ ख ३५१५ नम्बरको बसमा ब्याट्री सर्ट भई शनिबार साँझ आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी सर्लाही, बागमती नगरपालिका-१ बस्ने सुनिल तामाङको घरमा शनिबार राति आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सप्तरी, महदेवा गाउँपालिका-६ ढिकली बस्ने ४० वर्षीय दरथ यादवको किराना पसल र प्रेम मनि ट्रान्सफरमा विद्युत सर्ट भई शनिबार राति आगलगी हुँदा पसलभित्रको सरसामान र घर समेत जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी सप्तरी, बिष्णुपुर गाउँपालिका-७ बिष्णुपुर नहर चोक बस्ने हरिचन साहको मिठाई पसलमा विद्यतु सर्ट भई शनिबार राति आगलागी भई नजिकैको साईकल पसल समेतमा आगलागी हुँदा करिब ९ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

ओखलढुंगा, सिद्धिचरण नगरपालिका-११ मिलनचौक डेरा गरी बस्ने धन कुमारी राईको कोठामा शनिबार राति आगलागी हुँदा घर र घरभित्रको सम्पूर्ण सरसामान जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

महोत्तरी, बलवा नगरपालिका-६ बस्ने रामजिवन साहको घरमा मनराशिस्वा नगरपालिका-६ बस्ने संजय महतोको कपडा पसलमा गएराति आगलागी हुँदा घर र पसलमा रहेका कपडा जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मोरङ, बिराटनगर महानगरपालिका-१० ट्राफिक चोक नजिक बस्ने दिनेश अग्रवालको फेन्सी पसलमा शनिबार राति आगलागी हुँदा पसलभित्रको फेन्सी कपडा, फर्निचरको सामान लागयतका सरसामान जलेर करिब ६० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी, मोरङ, बिराटनगर महानगरपालिका-९ बसपार्क नजिक अभय अर्यालको बारीमा बास र टिनको छानो भएको सिरक डसना बनाउने घरमा शनिबार राति आगलागी हुँदा करिब ८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी मोरङ, बेलबारी नगरपालिका-३ स्थित सार्बजनिक शौचालय रेखदेख गर्ने राधा मल्लिकको कोठामा दिपावलीमा बालेको दियोबाट आगो सल्कन गई आइतबार बिहान आगलागी हुँदा कोठाभित्रको फर्निचर, टिभी, फ्रिज लगायतका सरसामान जलेर करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सुनसरी, मधुनी नगरपालिका-७ बस्ने बल बहादुर कुँवरको घरमा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा घर पूर्ण रुपमा जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रुपन्देही, बुटवल उपमहानगरपालिका-८ शुक्रपथस्थित बण्टी गुप्ताको गुप्ता प्याकेजिङमा आइतबार बिहान आगलागी हुँदा २ वटा कोठामा रहेको कागज, १ थान हाते मेसिन र झ्याल ढोका जलेर करिब २० लाख ८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कपिलवस्तु, मायादेवी गाउँपालिका-४ चाकरचौडा बस्ने दिनेश कुमार कलवारको बालाजी अटो पार्ट एण्ड सर्भिस सेन्टरमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

दोलखा, जिरी नगरपालिका-९ उर्लनी बस्ने टेक बहादुर कार्कीको घरमा करेन्ट सर्ट भई शनिबार राति आगलागी हुँदा उक्त घर र घरसँगै रहेको टहरा समेत पूर्ण रुपमा जलेर करिब ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

ईलाम, माईजोगमाई गाउँपालिका-३ बस्ने रुद्र बहादुर पुलामी मगरको घरमा शनिबार राति आगलागी हुँदा घर पूर्ण रुपमा जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *