दुर्घ’टनामा ३ जनाको मृ’त्यु




काठमाडौ । उदयपुर, उदयपुरगढी गाउँपालिका-७ नेपालटारमा स।९ प ४७२ नम्बरको मोटरसाइकलको ठ’क्करबाट पैदलयात्री सोही ठाउँ बस्ने १८ वर्षीया निर्मला विकको आइतबार बिहान मृ’त्यु भएको छ । दुर्घटनामा गम्भीर घाइ’ते भएकी उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृ’त्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी (पश्चिम), प्रतापपुर गाउँपालिका-९ स्थित सडकमा युपी ५६ एस ०१८४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार राति दु’र्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-५ बेलवानी बस्ने १८ वर्षीय विवेक घर्ती मगरको मृ’त्यु भएको छ ।

दुर्घ’टनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल परासी लैजाने क्रममा बाटोमै मृ’त्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सा, धोबिनी गाउँपालिका-१ स्थित ओरिया खोलामा ना.३ त ९४९५ नम्बरको ट्याक्टर धोएर निकाल्ने क्रममा पल्टिन गई चालक सोही गाउँपालिका-२ आसवारी बस्ने ४० वर्षीय बिजय पटेलको मृ’त्यु भएको छ । दुर्घ’टनामा ग’म्भीर घा’इते भएका उनको उपचारको लागि भारततर्फ लैजाँदै गर्दा बाटोमै मृ’त्यु भएको हो । दुर्घ’टनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *