तिहारको दिन १ युवति र ३ पुरुष मृत अवस्थामा फेला




काठमाडौ । मनाङ, नासो गाउँपालिका-१ स्थित सिरानताल ढुङ्गा बगरमा गोरखा चुननुम्री गाउँपालिका-६ घर भई हाल नासो गाउँपालिका-१ बस्ने ५२ वर्षीय लाक्पा लामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

दाङ, घोराही उपमहानगरपालिका-११ बर्रागाउँस्थित नहरको छेउमा सोही ठाउँ बस्ने ३७ वर्षीय पूर्ण बहादुर थापा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोक बसपार्कस्थित उदयपुर गाईघाट जलजला होटलको भुई तलाको कोठाभित्र माछापुच्छ्रे गाउँपालिका-६ अस्थाम बस्ने ३६ वर्षीय शिव परियार आइतबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं, काठमाडौं महानगरपालिका-१५ विजेश्‍वरीस्थित सडक किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता काठमाडौको टोखा नगरपालिका-६ धापासी डेरा गरी बस्ने ओखलढुंगा चम्मादेबी गाउँपालिका-७ घर भएकी ३१ वर्षीया सिता श्रेष्ठ, २४ वर्षीया मित्रा श्रेष्ठ र ४५ वर्षीया गोमा श्रेष्ठ समेत ३ जनाको कोठाबाट सुनका बिभिन्न गरगहना करिब २ लाख ८ हजार १ सय ९७ रुपैयाँ बराबरको धनमाल शनिबार चोरी भएको छ ।

यसैगरी काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ वीरेन्द्र चोक बस्ने सिन्धुपाल्चोक घर भएकी ४८ वर्षीया गंगामाया श्रेष्ठ शाक्यको कोठाबाट १ थान चाँदीको औँठी, २ थान सुनको मंगलशुत्र र नगद समेत गरी करिब २ लाख ६१ हजार २ सय रुपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *