बर्थ डे पार्टीमा नेपाली रेष्टुरेण्टमा भीषण आगलागी, ठूलो क्षतिको आशंका




काठमाडौं । एकातिर नेपालमा आज तिहारको रौनकता छाएको छ । यो बीचमा हङकङमा आगलागीमा परी सात जना नेपालीको ज्यान गुमाउनु परेको छ । ज्यान जानेमा चार जना पुरुष र तीनजना महिला रहेका छन् । तीमध्ये एकजना बालिका पनि छिन् । उनीहरुको परिचय अहिलेसम्म खुल्न सकेको छैन ।

क्यान्टोन क्षेत्रको एक अपार्टमेन्टमा सो आगलागी भएको हो । तिहार मनाउन जम्मा भएको बेला आगलागी भएको बताइएको छ । तर साउथ चाइना मर्निङ पोष्टले जन्मदिनको पार्टी मनाइरहेको बेला आगलागी भएको समाचार दिएको छ ।

सो आगलागीमा परी १८ जना घाइते भएको र उनीहरुमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई विभिन्न चारवटा अस्पताल लगिएको छ । सो अपार्टमेन्टमा नेपाली रेष्टुराँ सञ्चालनमा थियो तर दर्ता नगरी चलाइएको बताइएको छ । हङकङ सरकारले आगलागीको कारण पत्ता लगाउन छानविन गर्न निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *