तिहारको बिहानै आयो दु:खद खबर हङकङमा आग’लागी, सातजना नेपालीको मृ’त्यु, १८ को अवस्था ग’म्भीर



काठमाडौं : हङकङमा आग’लागीमा परी सात जना नेपालीको ज्या’न गएको छ। ज्यान जानेमा चार जना पुरुष र तीनजना महिला छन् । तीमध्ये एकजना बालिका छिन्। उनीहरुको परिचय अहिलेसम्म खुल्न सकेको छैन।क्यान्टोन क्षेत्रको एक अपार्टमेन्टमा सो आग’लागी भएको हो। तिहार मनाउन जम्मा भएको बेला आगलागी भएको जनाइएको छ।

साउथ चाइना मर्निङ पोष्टले जन्मदिनको पार्टी मनाइरहेको बेला आग’लागी भएको समाचार दिएको छ। सो आगलागीमा परी १८ जना घा’इते भएको र उनीहरुमध्ये तीनजनाको अवस्था ग’म्भीर रहेको छ। घा’इतेहरुलाई विभिन्न चारवटा अस्पताल लगिएको छ।

सो अपार्टमेन्टमा नेपाली रेष्टुराँ सञ्चालनमा थियो तर दर्ता भने नगरी चलाइएको बताइएको छ। हङकङमा सन् २०११ मा आग’लागीमा परी ११ जना मानिसको ज्यान गएको थियो। त्यस यताको यो नै सबैभन्दा ठूलो आगलागी भएको जनाइएको छ।

हङकङ सरकारले आग’लागीको कारण पत्ता लगाउन छानविन गर्न आदेश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *