यो बर्ष भाइटीका लगाउनुभन्दा अगाडी जान्नैपर्ने कुरा




काठमाडौ । आज तिहारको मुख्य दिन भाइटीका । सर्वप्रथम त भाइटीकाको तयारीमा जुटिरहनुभएका दिदिबहिनी तथा दाजुभाईहरुमा भाइटीकाको हार्दिम मंगलमय शुभकामना । अब केही समयपछि भाइटीका लगाइन्छ । यसलाई भाइटीका भनेर उच्चारण गरिएपनि दाजुभाइ दुबैको विशेष दिन हो ।

भाइटीका लगाउनुभन्दा अगाडी यो मंसिर महिना हो दाजुलाई टीका लगाउनु हुन्न भन्ने भ्रम तपाईमापनि पुगेको छ भने त्याग्नुहोस् । शास्त्रले यो गर्नु हुँदैन भनेर कहिपनि बर्जित गरेको छैन । दोस्रो तपाईहरुले जान्नैपर्ने कुरा ठिक साइतमा लगाएको टीकाले सबैलाई राम्रो गर्छ । यसैले टीका लगाउनुभन्दा अगाडी साइत ख्याल गर्नुहोस् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार भाइटीकाको शुभ साइत सोमबार (आज) बिहान ११ बजेर ३७ मिनेटमा परेको छ।कात्तिक शुल्क पक्ष द्वितीया मंसिर १ गते बिहान ९ बजेर १२ मिनेटबाट सुरु भई २ गते मंगलबार बिहान ७ बजेर ८ मिनेटसम्म रहेको तर मध्याह्नकालमा भाइटीका लगाउनुपर्ने धर्मशास्त्रको नियम भएकाले १ गते नै साइत राखिएको समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *