दुबई । यूएईमा स्मरण शक्ति (मेमोरी) गुमाएकी नेपाली आमाको परिवार पत्ता लगाउँन नेपाल र यूएईमा देशव्यापी हण्ट प्रकाशन गरिएको छ । उनलाई मात्र यम कुमारी थापाका रूपमा पहचान गरिएको छ । उनी नेपाली हुन् भन्ने मात्र थाहा छ । तर अरु कुनै विवरण खुल्न आएको छैन ।अत्यन्तै ठूलो दुर्घटनापछि उनको टाउँकोमा ठूलो चोट लागेको थियो । उनका साथमा केही कागजातहरुपनि थिएनन् । यम कुमारी थापा भनेर नाम बताउँन सक्छिन् ।
ठाउँकोमा ठूलो चोट लागेका कारण उनीसँग सबै मेमोरी छैन । उनी आफ्नो घर परिवार, रोजगारीका बारे केही बताउँन सक्दिनन् । यो खबर गल्फ न्यूजमा आएपछि यूएईका सामाजिक कार्यकर्ता लैला अबू बेकरले अस्पतालमा सम्पर्क गरे । उनले अस्पतालबाट थप जानकारी लिए ।उनै बेकरका अनुसार अहिले उनी आमा अबू धाबीमा रहेको नेपाली दूतावासको सम्पर्कमा छिन् । त्यहाँ उनलाई नेपालको परिवार खोज्ने काम भइरहेको छ । जसका लागि उनको फोटो प्रकाशन गरिएको छ ।
गल्फ न्यूज ने १७ फेबरवरीमा नै नेपाली महिलाको अवस्थाका बारेमा लेखेर उनको परीवारको खोजीका लागि राष्ट्रव्यापी प्रकाशन गरेको थियो ।प्राप्त जानकारी अनुसार सन् २०१९ अक्टोबरमा थापालाई दुबईको अस्पतालमा एक एम्बुलेन्सले लिएर पुगेको थियो । त्यहाँ उनी अचेत थिइन् । दुबईमा बस्ने उनी ४६ वर्षीय नेपाली प्रवासी महिला कामदार हुन् भन्ने मात्र पहिचान टिपाइएको थियो ।
त्यसपछि बिरामीको जिम्मेवार व्यक्ति भनेर कोही आएन । अस्पतालले वेवारिसे शीर्षकमा सरकारको रकमबाट उपचार गरायो । त्यहाँ अस्पतालले महिलाको ब्रेन सर्जरी गरेको थियो ।
चिकित्सा रिपोर्ट अनुसार जसको एक प्रति गल्फ न्यूजमापनि छ भनिएको छ । त्यहाँ प्राप्त रिपोर्टमा सीटी स्क्यानमा उनको टाउको इन्ट्रासेरेब्रल हेमेटोमा तथा इन्ट्रावेण्ट्रिकुलरमा रक्तस्राव विस्तार भएको थियो ।