५.४ रेक्टर स्केलको शक्तिशाली भुकम्पको धक्का महसुस



काठमाडौं । पाकिस्तानको क्वेटामा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । पाकिस्तानको राष्ट्रिय भूकम्प निगरानी केन्द्रका अनुसार शनिबार क्वेटामा ५.४ रेक्टर स्केल परिमाणको भूकम्पको धक्का महसुस गरिएको हो ।

स्थानीय मिडियाका अनुसार बिहान ८ बजेतिर क्वेटा बाहेक मस्ताङ्ग, किला अब्दुल्लाह र पिसिन जिल्लालगायत प्रान्तको विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको केन्द्रबिन्दु क्वेटाबाट ३८ किलोमिटर उत्तर–पूर्व, जमिन मुनि १० किलोमिटरको गहिराईमा अवस्थित थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *