गगन थापा के गर्न खोजेको : यो बर्ष यसरी देउसी-भैलो नखेल्दा हुन्न र ? [भिडियोसहित]

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन कुमार थापाको एक भिडियो सामाजिक सञ्जालमा एकदम भाइरल भइरहेको छ । तिहारका अवसरमा उनको देउसी खेलेको भिडियो चर्चामा रहेको छ ।

नेता थापा स्वंयमले उक्त भिडियो सेयर गर्दै लेखेका छन, ‘तिहारको हार्दिक मंगलमय शुभकामना । कोरोना महामारीका कारण यो वर्ष पहिलाको जस्तो रमाइलोसंग चाडबाड मनाउन पाइएन । सुरक्षित रहौं,स्वस्थ रहौं । अर्को वर्ष पक्कै पनि रमाइलोसंग देउसी–भैलो खेल्न पाइन्छ । शुभकामना ।

नेता वा सेलिब्रेटी समाजको परावर्तन हुन् । उनीहरुले गर्न खोजेको अनुशरण सामान्य नागरिकले गर्छन् । सकारात्मक भन्न खोजेपनि नकारात्मक जाने हो की भन्ने कुरा हेक्का राख्नुपर्छ । सबैले उनले लेखेको छुट्याउन सक्छन् भन्ने हैन । भिडियोमा धेरैको ध्यान गएर । सबैले सोधिरहेका छन् । गगन थापा के गर्न खोजेको : यो बर्ष यसरी देउसी-भैलो नखेल्दा हुन्न र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *