गोरुको मासु सहित पक्राउ




भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–१ बस्ने रामेछाप सुनापती गाउँपालिका–५ घर भएका ३४ वर्षीय मान बहादुर तामाङ समेत २ जनालाई गोरुको मासु अन्दाजी १२ किलो सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले सोही नगरपालिका न्यौपानेगाँउस्थित बा.३ ख ३२०५ नम्बरको निशान गाडी जाँच गर्ने क्रममा उक्त मासु फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

श्रोत नखुलेको रकम सहित पक्राउ
रौतहट । रौतहट गौर नगरपालिका–२ महादेवपट्टीस्थित दशगजा क्षेत्रबाट राजपुर नगरपालिका–५ राजपुर बस्ने १९ वर्षीय शेख नरसैद र गरुडा नगरपालिका–५ बस्ने १९ वर्षीय समसेद आलमलाई श्रोत नखुलेको नगद ३ लाख ३० हजार रुपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आइरहेका उनीहरुलाई अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको प्रहरीले उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नगद लुटपाट
मोरङ । सुन्दरहरैचा नगरपालिका–१० प्रगती टोल बस्ने २९ वर्षीया सञ्जु थापाले सोही ठाउँस्थित पुष्प दर्पण सहकारी संस्थाको नगद कलेक्सन गरी घरतर्फ जाने क्रममा नगद १ लाख ५० हजार रुपैयाँ शुक्रबार साँझ लुटपाट भएको छ ।

हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले उनको साथमा भएको उक्त नगद र मोबाइल भएको झोला खोसी लगेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले लुटेराहरुको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *