माटोको ढिस्कोले पुरिएर २ जना महिलाको मृ’त्यु




धनुषा । गणेशमानचारनाथ नगरपालिका–४ वीरेन्द्र बजार बस्ने ४७ वर्षीया राधिका जैसवालको माटोको ढिस्कोले पुरिएर शुक्रबार बिहान मृ’त्यु भएको छ । सोही ठाउँस्थित सार्वजनिक पोखरी नजिक घर लिपपोत गर्नको लागि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को खस्दा उनको घट’नास्थलमै मृ’त्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यता काभ्रेको पाचँखाल नगरपालिका–६ तिनपिप्लेस्थित सडक नजिक सुख्खा पहिरो जाँदा सोही ठाउँ बस्ने ५६ वर्षीया कान्छी दमाईको माटोको ढिस्कोले पुरिएर शुक्रबार दिउँसो मृ’त्यु भएको छ । ढिस्कोले पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पाचँखालबाट खटिएको प्रहरीले घाइते कान्छीलाई उद्धार गरी उपचारको लागि धुलिखेल अस्पताल लगेकोमा उपचारको क्रममा उनको मृ’त्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *