आफ्नै बाबु र श्रीमानबाट छोरी र श्रीमतीले यतिसम्म सोच्न सक्छन् !



धनुषा । आफ्नै बाबु र श्रीमानबाट छोरी र श्रीमतीलाई सोच्नै नसक्ने घटना घटाएका छन् । श्रीमती र छोरीलाई ते’जा’ब ‘छ्या’पेका छन् । यो अभियोगमा जनकपुर उपमहानगरपालिका–२० देवपुरा रुपैठा बस्ने २४ वर्षीय संजिव साहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही उपमहानगरपालिका–७ जानकीनगरस्थित माइतिघर बस्दै गरेकी २० वर्षीया श्रीमती आर्ती साह र उनकी छोरी ३ वर्षीया रिया साहलाई संजिवले ते’जा’ब छ्या’पे’का हुन् । यो सबै गरेर भागेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले संजिवलाई पक्राउ गरेको हो । घाइतेहरुको जानकी हेल्थ केयर जनकपुरमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता चितवनमा चोरी गरेको अभियोगमा कालिका नगरपालिका–६ शक्ति खोर घर भएका ४१ वर्षीय कबिराज थापालाई नगद ९७ लाख रुपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चितवन भरतपुर महानगरपालिका–९ काँडाघारीस्थित एपोलो रङ फ्याक्ट्रिमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी चौकी गोन्द्राङबाट खटिएको प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी कार्य गर्ने क्रममा सोही फ्याक्ट्रिको सुरक्षा गार्डको रुपमा कार्यरत थापाको घर, कोठा, शौचालय तथा कम्पाउण्डको विभिन्न स्थानमा लुकाएर राखेको उक्त रकम सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *