ससुराली पुगेर श्रीमतीमाथि एसि’ड आक्र’मण, घरबाट प’क्राउ


जनकपुरमा २६ वर्षीया आरती साहमाथि ए’सिड आक्र’मण गर्ने उनकै श्रीमान् भएको पुष्टि भएको छ।आरतीमाथि ए’सिड आक्र’मण गरेको आरो’पमा प्रहरीले उनकै पति जनकपुरधाम उपमहानगरपालिका-२०, देवपुरारुपैठा बस्ने २७ वर्षीय सञ्जीव साहलाई प’क्राउ गरेको छ। घट’नाको केही घण्टामै उनलाई प्रहरीले पक्रा’उ गरेको हो।

शनिबार बिहान जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरका सुवोध साहकी छोरी आरतीमाथि एसि’ड आक्र’मण भएको थियो। एसि’ड प्रहा’रबाट आरतीको निधार र छातीको केही भाग जलेको छ। उनको अहिले उपचार जानकी हेल्थकेयरमा भइरहेको छ।

आरतीको बिहे ३ वर्षअघि सञ्जीव भएको थियो। श्रीमानसँग राम्रो सम्बन्ध नभएका कारण उनी माइतमा बसेर जनकपुरकै पेठिया बजारमा तरकारी व्यवसाय गर्दै आएकी थिइन्।श्रीमान् र श्रीमतीबीच खराब सम्बन्धको कारण एसि’ड प्रहार गरेको प्रहरीको आशंका छ।पक्रा’उ परेका सञ्जीवलाई केही बेरमा सार्वजनिक गर्ने धनुषाका प्रहरी उपरीक्षक रामेश बस्नेतले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *