बैतडी बस दु’र्घट’नाः श्रीमान गु’माए, झ्या’लबाट खसेर बाँ’चेकी घा’इते विमलाको मनै रु’वाउने कहानी’



पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बसमा बैतडीको दोगकेदार गाउँपालिकाको सेलनीकी २४ वर्षीया विमला कुँवर ऐरी पनि सवार थिईन् । एउटै सिटमा थिए उनका श्रीमान करनसिंह ऐरी र डेढ बर्षीय छोरा पनि । भाईटीका मनाउन कञ्चनपुरको बेलौरीमा रहेको माईती घरमा आउँदै थिए उनीहरु । करनसिंह र विमलाको निजामती सेवामा प्रवेश गर्ने लक्ष्य थियो । त्यस्कै तयारीका लागि उनीहरु भाईटीका मनाएर काठमाडौँ छिर्ने योजना बुनिरहेका थिए ।

चाडपर्वको समय भएकाले यात्रामा पनि मन दंग नै थियो ऐर दम्पत्तिको । बैतडीको पाटन पुग्दा सम्म विमलालाई निन्द्राले पनि छोएको थिएन् । ‘छोराले दूध चुसिरहँदा नै कतिखेर निदाएछु पत्तै भएन्,’ उनले भनिन्, ‘होस खुल्दा बसको झ्यालबाट खस्दै गरेको पाए । त्यसपछि म भिरालो जनिमा खसे । डेढ बर्षीय छोरा नजिकै रोईरहेको थियो । तर बस कतिखेर खस्यो थाहा नै भएन् ।’ दुर्घटनामा घाईते भएपछि डेढ बर्षीय छोरासंगै विमलालाई उपचारका लागि डडेल्धुरा अस्पतालमा पुगाईयो ।

डडेल्धुरा अस्पतालले रेफर गरेपछि अहिले उनको र उनका छोराको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ । अस्पतालको शै’याबाट उनले श्री’मान करनसिंहलाई खोजिरहेकी छिन् । श्री’मान क’रनसिंहको घट’नास्थलमै मृ’त्यु भईसकेको जानकारी विमलालाई कसैले पनि दिएका छ्रैनन् । आफन्तले डडेल्धुरामा उपचार भईरहेको छ भन्दै विमलालाई शान्त पारिरहेका छन् । दु’र्घटनामा करनसिंह सहित नौँ जनाको मृ’त्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *