बच्चालाई स्कूटर सिक्न दिँदा पछाडि बस्ने १९ बर्षिया युवतीको ज्यान गयो


बच्चालाई स्कूटर सिक्न दिँदा पछाडि बस्ने एक १९ बर्षिया युवतीको ज्यान गएको छ । उदयपुरको त्रियुगा नगरपालिका–१० बासबारीमा स्कुटर दुर्घटना हुँदा पछाडि बसेर स्कूटर सिकाई रहेकी ती युवतीको ज्यान गएको हो ।

१३ बर्षे बालक आफ्नै दिदीसँगै स्कूटर सिक्दै थिइन् । उनको को ३९ प ९०७० नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो । स्कूटर उनका भाई युनिकले चलाएका थिए । निधन भएकी युवती प्रिया भनिने युनिका बुढाथोकी रहेको निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

त्रियुगा नगरपालिका–९ राजाबास बस्ने १९ बर्षीया युनिकाको उपचारको क्रममा बिराटनगरस्थित न्यूरो अस्पतालमा निधन भएको हो । स्कुटर चालक भाइ बर्ष १३ का युनिक बुढाथोकी सामान्य घाइते भएका छन् ।

स्कुटर आफैं अनियन्त्रित भएर पल्टिँदा टाउकोमा चो ट लागेपछि युनिकालाई उपचारका लागी जिल्ला अस्पताल उदयपुर र पछि न्यूरो अस्पताल बिराटनगर लगिएको थियो ।

उनको उपचारको क्रममा मोरङको विराटनगरस्थित न्यूरो अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । स्कुटर चालक १३ वर्षीय युनिक बुढाथोकी अहिले सोधपुछका लागि प्रहरी कहाँ भएको जिप्रका उदयपुरले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *