दु:खद खबर : पिसाब रोकिएकी नानीलाई कसैले भर्ना नलिएपछि अस्पताल चाहार्दा-चाहार्दै मृत्यु



काठमाडौ । यो अध्यारो दिन हो । सबै नेपाली जागौ । मेडिकल माफिया बिरुद्व जागौ । कलिलै उमेरमा मेरी बहिनीले ज्यान गुमाउनु पर्यो । त्योपनि औषधी उपचार नपाएर । तिहारको मुखमा एक जना दाजुले बिलौना गर्नुभयो । तर दाजुका लागि तिहारको गहना चेली गुमिसकेकी थिएन् ।

आँखाभरी आँशु बनाएर उनले भने मेरी चेली त मैले गुमाए अझै यसरी कतिले ज्यान गुमाउने हुन् भन्न सकिन्न । हात जोड्दै भने मेरो अपिल सबैले सुनिदिनुहोस् । यो दु:खद घटना सबैमा पुग्नेगरी सेयर गरिदिनुहोला । ता की अस्पतालले कसरी मानिसको मृत्यु् पर्खिरहेको छ भन्ने यो कहानीमा छ । तपाईहरु कोही कसैलाई केही समस्या भयो भने तत्कालै सचेत रहनुहोस् । आवश्यक कदम चालिहाल्नुहोस् । नत्र अस्पतालले कोरोना रिपोर्ट भन्दा-भन्दै सेतो कपडा कतिबेला ओढाईदिने हुन् कुनै ठेगान छैन ।


यो मेरो चित्कार सुनेर राज्यले अस्पातललाई कारबाही गरोस् । मेरी बहिनीले न्याय पाउन् । किनकी मेरो जिन्दगीको यो अति नै कालो दिन हो । खराब सिस्टमका कारण मेरो बहिनी माया मार्नु पर्यो। मेरो बहिनीको अचानक पिसाबमा समस्या आएको थियो । पिसाब रोकिएको शंका भएपछि हामी भक्तपुरको अस्पताल गयौँ ।

नानीलाई समस्या भएपछि अस्पताल त लग्यौँ तर अस्पतालको सिस्टमले पहिले कोरोना परीक्षणका लागि पीसीआर (PCR) जाँच भनियो । पीसीआर रिपोर्ट ल्याउनुहोस् अनि मात्र उपचार हुन सक्छ भनियो । बिहिनीलाई बिरामले झनै गाह्रो बनाउँदै लगेको थियो । बिरामीको अवस्था झन झन खराव हुदै गईरहेको थियो। पिसाब नआएका कारण तत्काल डायलासिस गरेर उपचार गर्नुपर्ने डाक्टरहरुले भने तर उनीहरु त्यसका लागिपनि रिपोर्ट नै पर्खिए ।


रिपोर्ट आउँदासम्म अवस्था झनै असहज भइसकेको थियो । हामी अस्पताल जाँचका लागि कहिले ललितपुर कहिले भक्तपुर अनि कतिखेर काठमाडौका सबै हस्पिटल गयौ तर कुनै पनि हस्पिटलले भर्ना लिएन। अब यतिबेलासम्म नानीका लागि आईसीयू र भेन्टिलेटर जरुरी हुन थालिसकेको थियो । केही घण्टाको बेवास्ताले नानीको पिसाब शरीरतर्फ फर्किन थालिसकेको थियो ।

त्यसले गर्दा उनको अवस्था झनै जटिल बन्न गयो । तर कुनैपनि अस्पताल आइसीयू र भेन्टिलेटर खाली छ भन्न तयार भएन । नानी अस्पतालको आँगनमा नै छटपटाइरहेकी थिइन् । बहिनीको जसरीपनि डायलासीस गरेर पिसाब बाहिर निकाल्नु थियो । तर अब त्यो समय ढिला भइसक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *