बिदेश पठाउने भन्दै युवतीलाई पोखराको होटलमा



दुई युवकले गाउँका सोझी दुई युवतीलाई बिदेश लैजाने र राम्रो जागिर लगाइदिने प्रलोभन दिन्छन् । उनीहरुले ती युवतीलाई राम्रो कमाई हुने र केही बर्षभित्रै लाखौं कमाउन सकिने लोभ देखाउँछन् । उनीहरुको आश्वासनमा केटीहरु पर्छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

ती युवतीहरुलाई उनीहरुले फकाएर पोखरा त्याउँछन् । उनीहरुले युुवतीका लागि कागज पनि आफैं बनाइदिने र लाग्ने पैसा पनि आफैं तिरिदिने बताइ सकेका हुन्छन् । ती युवतीलाई उनीहरुले एक होटलमा राख्छन् । उनीहरुको नियत भने गलत हुन्छ । त्यसैले उनीहरु युवतीलाई होटलमा राखेर बाहिर निस्कन्छन् । बाहिर उनीहरु ग्राहकको खोजीमा लाग्छन् । उनीहरुको मनसाय युवतीलाई अनैतिक काममा लगाउने हुन्छ ।

ती दुई युवाहरु कास्की मादी गाउँपालिका–१ खेलुङ बस्ने २१ वर्षीय जीवन नेपाली र काभ्रे पाँचखाल नगरपालिका–४ तामाघाट बस्ने २६ वर्षीय आशिष भुजेल हुन् ।

उनीहरुलाई पोखराकै एक महिलाले समेत साथ दिएकी थिइन् । ती महिला कास्की पोखरा महानगरपालिका–४ बगालेटोल बस्ने ३० वर्षीया अन्जु गुरुङ हुन् ।

उनीहरुको सपना भने त्यतिखेर सकिन्छ, जब उनीहरुलाई प्रहरीले पक्राउ गर्छ । तीनै जनालाई कारवाहीका लागी अनुसन्धान भईहेको साथै ती युवतीहरुको मनोपरामर्श गरी संरक्षण केन्द्रमा राखिएको प्रहरीले बताएको छ ।

युवतीहरुलाई चाँडै नै आफन्तको जिम्मा लगाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *