शान्ति सम्झौमा खटिएको सैनिक हेलिकप्टर दुर्घ’टना, ७ सैनिकको मृ’त्यु


इजरायल–इजिप्टको शान्ति सम्झौताको अनुगमनमा खटिएको अन्तर्राष्ट्रिय शान्ति सैनिक सवार एउटा हेलिकप्टर बिहीबार साँझ दुर्घ’टनाग्रस्त हुँदा सात सैनिकको मृ’त्यु भएको छ ।

इजिप्टको सिनाई प्रायःद्वीप क्षेत्रमा नियमित उडान भरिरहेको हेलिकप्टर दुर्घ’टना भएको हो । प्राप्त समाचार अनुसार दुर्घ’टनामा पाँच अमेरिकी सैनिकको मृ’त्यु भएको थियो । दुर्घटनामा आठ सैनिक गम्भीर घा’इते भएका छन् ।

बहुराष्ट्रिय सैन्य तथा निरीक्षण केन्द्रका अनुसार दुर्घ’टनामा फ्रान्स र चेक गणतन्त्रका एक एक सैनिकको पनि ज्यान गएको छ । मृ’त्यु भएकाहरुको नाम सार्वजनिक गरिएको छैन । घा’इते सैनिकहरु सबै अमेरिकी रहेका छन् ।

केन्द्रले इजिप्टको लाल सागरको तटीय पर्यटकीय शहर शार्म एल–शेख नजिक हेलिकप्टर दुर्घ’टनाग्रस्त भएको जनाएको छ । उक्त दुर्घ’टनाका बारेमा अनुसन्धान शुरु भइसकेको छ ।

एक जना इजिप्टका सैनिक अधिकारीका अनुसार उक्त हेलिकप्टर इजिप्टको सीमाभन्दा बाहिर लाल सागरमा दुर्घ’टना भएको थियो । घा’इते सैनिकहरुलाई उद्धार गरी इजरायलस्थित शहर इलातमा ल्याइएको इजरायली सेनाले जनाएको छ । केन्द्रले हेलिकप्टरमाथि कुनै पनि समूहले आक्रमण गरेको देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *