दाङमा चल्दाचल्दै गरेको बसमा एक्कासी आग’लागी



कार्तिक २८,दाङ । दाङमा चल्दाचल्दै गरेको बसमा एक्कासी आग’लागी भएको छ ।उक्त बसमा आगलागी हुदा लाखौको क्षती भएको छ । पोखरा बाट तुलसीपुर जाँदै गरेको ना ५ ख ३६६ नम्बरको बसमा एकाएक आग’लागी भएको इलाका प्रहरी कार्यालय गढवा प्रहरी निरिक्षक राजकुरमार भट्टले जानकारी दिए ।

गढवा गाउँपालिका वडा नम्बर १ जरौनी भन्ने स्थानमा आग’लागी भएको हो ।निरिक्षक भट्टका अनुसार आग’लागीका कारण बस पूर्णरुपमा जलेर खरानी भएको छ ।आग’लागी भएको बसमा बसमा २३ यात्रु सवार रहेका थिए । सबै यात्रु सकुसल छन् । बसमा के कारणले आगो लाग्यो भन्ने बारेमा पुष्टी हुन नसकेको निरिक्षक भट्ट्ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *