दु:खद खबर जीप दु’र्घट’ना हुँदा चालकको मृ’त्‍यु धेरै घा’इते विवरण आउन बाँकी

गुल्मी को जुभुङ्गमा जिप दुर्घटनामा मृतक र घा’इतेको सनाखत
गुल्मी, कार्तिक २८। गुल्मी दरबार गाउँपालिका वार्ड नं २ साविक जुभुंग गाबिसको फोक्सिबासमा गए राति भएको जिप दुर्घटनामा मृ’त्यु हुने र घाइतेहरुको सनाखत भएको छ । घट’नास्थल मै मृ’त्यु भएका जिप चालक जुभुंग फोक्सिबास कै २८ बर्षीय मेख बहादुर गाहा रहेका छन्। शवको मजुवा प्रहरी चौकीबाट मुचुल्का गरि दु’र्घटना स्थलको पनि मुचुल्का गरि अहिले तम्घासका लागि पठाउन लागिएको गुल्मी दरबार गाउँपालिका वार्ड नं २ वार्ड अध्यक्ष हरिहर गौतमले जानकारी दिनु भयो।

उता घा’इते ४ जनाको पाल्पा प्रबासमा उपचार भैरहेको छ। बाहिर देखिने चोटपटक नदेखिएकोले सबैको अवस्था सामान्य रहेको र एक्स रे लगायात अन्य भित्रि परिक्षणहरु हुँदै गरेको घा’इते संगै रहेका कमल थापाले जानकारी दिनु भयो। ३० बर्षीय प्रेम बहादुर पल्ली, ३५ बर्षीय श्री रासकोटी, २४ बर्षीय घन बहादुर गाहा र १६ बर्षीय एलिस पाल्पाली रहेका छन्।

जिल्लाको सत्यवती गाउँपालिकामा सम्पन्न क्रिकेट प्रतियोगितामा सहभागी एभरग्रीन युवा क्लबका क्रीकेट खेलाडीहरु बोकेर गाउँ फर्कँदै गरेको जिप गए राति करिब १० बजे तिर दुर्घ’टनामा परेको थियो। जिप चालकको घट’नास्थल मै मृ’त्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *