अविवाहित महिला गर्भवती भइन्, युट्युव हेरेर बच्चा जन्माउन खोज्दा आमा बच्चा दुुवैको गयो ज्यान (भिडियो हेर्नुहोस्)

गर्भावस्था लुकाएर लुक्ने कुरा होइन । हाम्रो समाजमा अविवाहित महिला गर्भवती हुनु समाजले राम्रो भन्दैन । उनी गर्भवती हुने वित्तिकै तमाम प्रश्नहरुको जवाफ समाजले खोज्छ । यस्तै घटना भारतमा भएको छ ।हिन्दुस्तान टाइम्समा छापिएको समाचार अनुसार, भारत उत्तर प्रदेशको गोरखपुरमा एक २६ बर्षिया अविवाहित गर्भवती महिलाले युट्युबमा भीडियो हेर्दै बच्चा जन्माउन खोजेकी थिईन ।उनको यस्तो प्रयास सफल भने भएन । महिलाले युट्युव हेरेर बच्चा जन्माउन खोज्दा महिला र बच्चाको ज्यान गएको थियो ।

सुत्केरी गराउन चाहिने सामाग्री प्रयोग गरिएको भए त्यो सफल भएन । बहराइच जिल्लाकी ती महिला घटनाको चार दिन अघि मात्र उक्त घरमा बस्न गएको घरधनी रवी उपाध्यायले बताए ।यो घटनाको जानकारी त्यतिबेला भयो जब घरका मालिक र अरु कोठामा बस्नेले एक कोठाको ढोकाबाट र ग त बाहिर निस्किरहेको देखे र प्रहरीलाई खबर गरे ।भारतीय सञ्चारमाध्यमहरुका अनुसार महिला गोरखपुरको बहराइचमा बस्थिन् र उनी अविवाहित थिइन् । अविवाहित भएपनि गर्भवती भएपछि उनी परिवार र समाजका डरले कोठा लिएर बसेकी थिइन् ।

घरका सदस्य उनको गर्भ प त न गराउन चाहन्थे तर उनले मानिनन् । बारम्बार परिवारले गर्भ प त न गराउन द वा व दिएका थिए । प्रहरीका अनुसार त ना व मा आएर महिलाले गर्भ पा त गराउन चाहिन् ।गर्भवती भएको कुरा मानिसहरुबाट लुकाउनका लागि उनले युट्युवबाट भिडियो हेरेर डेलिभरी गर्ने प्रयास गरिन् तर उनको ज्यान गयो ।प्रहरीका अनुसार घटनास्थलबाट एक मोबाइल फेला परेको थियो जहाँ कसरी घरमै सफल डेलिभरी गराउने भन्ने बारेको भिडियो चलिरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *