काठमाडौं, २७ कात्तिक । फेसबुकमा नक्कली आइडी बनाएर अश्ली’ल सन्देश र तस्वीर पठाएको आरोपमा एक जना काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ परेका छन् ।
फेसबुकमा नक्कली आइडी बनाएर बालिकाहरुलाई अश्लील सन्देश र तस्वीर पठाएको आरोप सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–४ का २० वर्षीय अखिल नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
बिहीबार नियन्त्रणमा लिएको अखिलमाथि विद्युतीय कारोबार ऐन २०६३ अनुसार अनुसन्धान सुरु गरिएको छ ।