कोरोना संक्रमण भएका मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर, आईसियूमा उपचार हुँदै

काठमाडौँ । चर्चित हाँस्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमणका कारण स्वास्थ्य अबस्थामा निकै समस्या दीखाएको छ ।कात्तिक १० गते सोमबार गजुरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाको थियो र लगतै घरमा नै आइसोलेशन बसिरहेका उनको स्वास्थ्य अवस्था अस्ति बुधबारबाट जटिल बनेपछि बलम्बुस्थित सशस्त्र प्रहरीकोअस्पताल भर्ना गरिएको थियो।

चर्चित हाँस्यव्यंग्य समूह सिस्नुपानी नेपालका महासचिव तथा गजुरेलका निकट मित्र टंकराज आचार्यले दिएको जानकारी अनुसार उपचारको क्रममा रहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि हाल उनको आईसियूमा उपचार भइरहेको छ।आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए।उनलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *