चलिरहेको स्कुटरमा कांग्रेस युवा नेतृको घाँटीको सिक्रि तानेपछि….


काठमाडौ । बाँकेमा स्कूटरमा गइरहेकी महिला नेतृ माथि आ’ क्र ‘मण भएको छ । नेपाली काङ्ग्रेस बाँकेकी युवा नेतृ तथा महिला संघ कोहलपुर नगरकी कोषाध्यक्ष दिपा बस्नेत माथि भएको हो । स्कूटरमा कोहलपुर तर्फ गइरहेको बेलामा उनलाई मोटरसाइकलमा आएका युवाहरुले यो घटना घटाएका थिए ।सोमवार नेपालगन्ज देखि कोहलपुर जाने क्रममा साँझ पख जानकी गाउँपालिकाको गनापुरमा पर्ने पिप्रहवा नजिक उनी माथि अ ज्ञात युवाहरुले आ’ क्र’मण गरेको प्रहरी समक्ष उनले बताएकी छन् ।

चल्दा, चल्दै गरेको स्कुटीलाई पछ्याउँदै मोटरसाईकलमा आएका दुई जनाले घाँ’ टीको सि’क्रि ता न्दा स्कुटी प’ल्टे’को युवतीले बताएकी छन् । चल्दा चल्दैको स्कुटर प’ल्टे’का कारण उनलाई चो’ट लागेको छ । उनको खुट्टा भां’चि’एको भएको छ भने अनुहारमा समेत चो’ट लागेको छ । यस बारे प्रहरीले घटनाको बिषयमा छानविन गरिरहेको बताएको छ । तस्बिर असल शाशन

त्यस्तै चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पिसीआर रिर्पोट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरेको छ । प्रहरीले अस्पतालबाट उनीहरुलाई पक्राउ गरेको हो ।
अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार सुरक्षागार्ड कम्पनीमार्पत अस्पतालको सुरक्षाका लागि खटिएका गार्डसहितका व्यक्ति पक्राउ परेको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षागार्ड र हेल्परले आकस्मिक कक्षमा चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिर्पोटको नक्कल गरेर अरु बिरामीलाई निःशुल्क पिसिआरको सिफारिस गरिदिन्थे । उनीहरुले बीमा लक्षित गरी ती व्यक्तिले कोरोना नेगेटिभ भएकालाई पोजिटिभ समेत बनाउँदै आएको आरोप छ ।

पक्राउ परेका माथि अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ । पक्राउ परेकाले कति पैसा लिएर सो काम गर्थे र कतिजनालाई रिर्पोट दिए भन्ने अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।

यो पनि : काठमाडौँको कलङ्कीमा दुर्घटना, तीनको मृत्यु

काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा आज बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अर्का दुई जना घाइते भएका छन् । बिहान करिब ३ः२५ बजेको समयमा रोकिराखेको बा३ख ७५३० नंको ट्रकलाई बल्खुबाट सीतापाइला जाँदै गरेको कुखुरा बोक्ने बा५ख ८८६५ नंको अर्काे ट्रकले ठक्कर दिँदा उक्त घटना भएको हो ।

उक्त घटनामा परी कुखुरा बोक्ने ट्रकमा सवार नुवाकोटका २४ वर्षीय रोशन तामाङ, २७ वर्षीय भूपेन्द्र तामाङ र ३७ वर्षीय माधव घिमिरेको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

दुर्घटनापछि गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि शहीद मेमोरियल अस्पताल कलङ्की लगिएकामा उपचारका क्रममा ४ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उहाँका अनुसार नुवाकोटकै २१ वर्षका रोहन तामाङ र २४ वर्षका विजय तामाङ घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक सहचालकले चलाएको जानकारीमा आएकाले घटनाको थप अनुसन्धान भइरहेको प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

यो पनि : जीर्ण बन्दै राप्ती लोकमार्ग : सुविधाभन्दा सास्ती धेरै

राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान–रुकुम खण्ड जीर्ण बन्दै गएको छ । लोकमार्गमा गरिएको वटासिल उप्किएपछि केही समयअघि टालटुल गरिएको थियो तर टालटुल गरिएको वटासिल उप्किएपछि पुनः उस्तै समस्या देखिएको छ ।

राप्ती लोकमार्गका विभिन्न स्थानमा अहिले कतै सडक खाल्डाखुल्डी छ त कतै कालोपत्र उप्किएर धुलाम्य भएको छ । यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । अधिकांश स्थानमा ठेकेदारले गुणस्तरीय काम नगर्दा छोटो समयमै कालोपत्र उप्किएको स्थानीयवासीको भनाइ छ । वटासिल उप्किएपछि सडक धुलाम्य बन्दै गएको छ ।

दाङ­सल्यान­रुकुम खण्ड जीर्ण बन्दा स्थानीयवासीलाई सास्ती भएको स्थानीय लालबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार दाङ–सल्यान खण्डको राम्रीबाट शीतलपाटी र शीतलपाटीबाट खौलासम्म सबैभन्दा बढी खाल्डाखुल्डी छन् । “सडकको अवस्था दयनीय हुँदा पनि सम्बन्धित निकाय मौन छ”, उहाँले भन्नुभयो, “सडक पूर्णरूपमा कालोपत्र भए तुलसीपुरबाट सल्यान खलङ्गा आउन बढीमा डेढ घण्टा लाग्छ, तर जीर्ण सडकका कारण गाडीले चार घण्टाभन्दा बढी समय लगाउने गरेका छन् ।”

गाडी चालकसमेत रहनुभएका खत्रीका अनुसार सडक जीर्ण बनेपछि यात्रा गर्दा गाडीले उछार्नेपछार्ने गर्दछ, यात्रु गन्तव्यमा नपुग्दै बिरामी हुने अवस्था छ, यात्रा गर्न जोखिम पनि उत्तिकै छ । बर्सातमा हिलो र हिउँदमा धुलोका कारण नागरिकले सास्ती पाउँदा पनि सम्बन्धित निकाय मौन रहेको उहाँको गुनासो छ ।

यातायात व्यवसायी प्रकाश भण्डारीले राप्ती लोकमार्गको सबै क्षेत्रमा खाल्डाखुल्डी परेकाले गाडी चलाउन कठिनाइ हुने गरेको बताउनुभयो । “जीर्ण सडकका कारण गाडी छिटो बिग्रने र दुर्घटना हुने जोखिम पनि त्यत्तिकै मात्रामा रहन्छ”, उहाँले भन्नुभयो । सडक मर्मतको नाममा करोडौँ रकम विनियोजन गरिए पनि सडकको अवस्था बिगँ्रदै गएको उहाँको भनाइ छ । सम्बन्धित निकाय मौन बस्दा समस्या भएको उहाँको दुखेसो छ ।

अस्तव्यस्त राप्ती लोकमार्गका कारण गाडी दुर्घटना पनि बढेको छ । सडक निर्माण भएको लामो सममसम्म पनि सडक चौडा नभएका कारण सडक जीर्ण बनेसँगै दुर्घटना बढेको हो । सडक साँघुरो हुनु, खाल्डाखुल्डी हुनु तथा गाडीलाई घुम्तीमा साँघुरो हुनुका कारण दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका इन्चार्ज प्रहरी सहायक निरीक्षक सन्दीप विकले जानकारी दिनुभयो ।

विगतका केही ठूला दुर्घटनालाई हेर्ने हो भने राप्ती लोकमार्गमा दुर्घटना धेरै हुने गरेको देखाउँछ । विसं २०६३ मा सल्यानको भाण्टाखोलामा गाडी दुर्घटना हुँदा ४० भन्दा बढीको मुत्यु भएको थियो । यस्तै विसं २०७५ मा राम्रीमा स्कूलबस दुर्घटना हँुदा २२ भन्दा बढीको मृत्यु भएको थियो । राप्ती लोकमार्गअन्तर्गत अमेलियाबाट रुकुमको सल्

Leave a Reply

Your email address will not be published. Required fields are marked *