सुतिरहेकी युवतीको गो’ली हा’नी ह’त्या


काठमाडौं, २७ कार्तिक । रौतहटमा गएराति एक विवाहित युवतीको गो’ली प्र’हार गरी ह’त्या भएको छ ।माधवनारायण नगरपालिका ७, लौकाहा टोलकी १८ वर्षीया अमृता कुमारीको अज्ञात समूहले गो’ली प्र’हार गरी ह’त्या गरेको हो ।

गएराति ११ बजे अज्ञा’त समूहले घरमा सुतिरहेकी अमृताको कन्चटमा गो’ली प्र’हार गरेको प्रहरीले जनाएको छ । घट’नाबारे अनुसन्धान जारी रहेको र हालसम्म कोही प’क्राउ नपरेको प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता कृष्ण प्रसाईले जानकारी दिए ।

विवाहित अमृताको ह’त्या प्रेम सम्बन्धका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक बुझाइ छ । गत वर्षको फागुनमा मात्रै विवाह गरेकी अमृता सम्बन्ध’बिच्छेद गरेर माइतीघरमा बस्दै आएको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *