प्रहरीबाट बच्न फेसबुकमा कोरोना लागेको भन्दै लेख्ने प’क्राउ

काठमाडौँ बैकिङ कसुर अन्तर्गत चेक बाउन्सको मुद्दामा सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापा पक्रा’उ परेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अध्यक्ष थापालाई पक्रा’उ गरेको हो।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले उनलाई कालिमाटीबाट पक्रा’उ गरिएको जानकारी दिनुभयो ।

काठमाडौं प्रहरी प्रमुख ज्ञवालीका भने, उनीविरूद्ध झविन्द्रप्रसाद बञ्जाडेले उजुरी दिएको र ’सञ्चालकलाई एक करोडको चेक बाउन्स गरेको हुँदा प’क्राउ गरेको हौ ।

पक्राउ पर्ने निश्तित भए पश्चात सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले आफ्नो फेसवुक स्ट्याटसमा आफुलाई कोरोना भएकोमा १५ दिनका लागि भनेर पोष्ट समेत गरेका थिए ।

पक्राउ पर्न चार घण्टा अघि थापाले आफुलाई कोरोना भएको स्ट्याटस फेसबुकमा पोष्ट गरेका थिए । उनलाई कोरोना भएको हो या होइन भन्ने विषयमा भने प्रहरीले भोलि बिहीबार बुझ्ने भएको छ ।

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *