कोरोना सङ्क्रमण पछि होम आइसोलेसनमा बसेका श्रीमान श्रीमतीको मृत्यु

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट तीन दिनमा धरानका एक दम्पतीको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-१४ निवासी ६७ वर्षीया महिलाको गत सोमबार कोरोनाले मृत्यु भएकोमा बुधबार बिहान उनका ७४ वर्षीय श्रीमानको पनि मृत्यु भएको छ। उनीहरू दुवै जना होम आइसोलेसनमा थिए ।

कात्तिक २४ गते बिहान साढे १० बजे ६७ वर्षीया पत्नीको मृत्यु भएको थियो । उनलाई कोरोनाको लक्षण देखिएपछि २१ गते स्वाब संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिँदा उनको मृत्यु भइसकेको थियो ।

त्यस्तै ७४ वर्षीय पतिको २१ गते स्वाब संकलन गरिएकोमा दुई दिनपछि रिपोर्ट आउँदा पोजिटिभ देखिएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि प्रतिष्ठानको इमर्जेन्सी कक्षमा उपचारका लागि पुर्‍याइए पनि खासै सुधार नभएपछि परिवारले घरै फर्काएको थियो ।

मृतक दुबै जनाको गत २१ गते स्वाब संकलन गरिएकोमा दुबै जनामा संक्रमण पुष्टि भएको जनाए। श्रीमतीलाई भने सुरुमा लक्षण देखिएको र घरमै बस्ने क्रममा एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। संक्रमण पुष्टि भएपछि अस्पतालले उनलाई कोभिड कक्षमा सार्नुपर्छ भनेको थियो। परिवारले घरमै राख्छौं भनेर आग्रह गरेको मेहताले बताए। घरमै बस्ने क्रममा श्रीमतीको गत सोमबार बिहान मृत्यु भयो।

संक्रमण पुष्टिपछि घरमै बसिरहेका ७४ वर्षीय श्रीमानलाई भने बुधबार बिहानमात्र एक्कासी सास फेर्न समस्या देखिएपछि परिवारले बिपी प्रतिष्ठान पुर्‍याएकोमा उनको पनि बिहान मृत्यु भएको हो। फाइल तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *