पछिल्लो २४ घण्टामा १६ सय ६६ निको भए, कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ७४ पुग्यो

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ६६ जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ६ सय ६६ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १ लाख ६२ हजार २ सय ४३ पुगेको छ । यो कुल प्रतिशतमा ८१ दशमलव २ प्रतिशत हो ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ३८ हजार ९ सय १२ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १ सय ९ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १० हजार ५ सय १९ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १५ लाख ७४ हजार २ सय ९५ जनाको पीसीआर परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा २६ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ७४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *