काठमाडौं । कोरोना भाइरसको संक्र’मणबाट श्रीमान्, श्रीमतीको मृ’त्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका-१४ की ६७ वर्षीया महिलाको गत सोमबार कोरोना संक्र’मणले मृ’त्यु भएकोमा उनका श्रीमानको पनि आज कोरोना संक्र’मणले मृ’त्यु भएको छ ।
सोमबार श्रीमती गुमाएका ७४ वर्षीय श्रीमानको पनि आज ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले श्रीमतीको उपचारपछि घर ल्याएको अवस्थामा सोमबार र श्रीमानको उपचारका लागि अस्पताल लगिएपछि मृ’त्यु भएको नागरिकखबरलाई जानकारी दिए ।
कात्तिक २१ गते दुबैजनामा कोरोना पुष्टि भएको थियो । लक्षणसहितको कोरोना देखिएपछि श्रीमतीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरेर निको भएपछि घर पठाइएको र श्रीमानको भने आज अस्पताल ल्याए लगत्तै ज्यान गएको प्रतिष्ठानले जनाएको छ ।