कार र मोटरसाइकल ठोक्किँदा बाबुछोराको ज्यान गयो

रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ मा भएको सडक दुर्घ’टनामा दुई जनाको मृ’त्यु भएको छ। दुर्घ’टनामा ५० वर्षीय टेकबहादुर परियार र उनका छोरा ३० वर्षीय सन्तोष परियारको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिल्लीनारायण पाण्डेका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका वडा न. ६ कलौनी शान्तिटोलमा लु २ च ८५२९ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घ’टना भएको थियो ।

मोटरसाइकलमा सवार टेकबहादुर र सन्तोषको मृ’त्यु भएको हो । दुवै बुवाछोरा हुन् । सुरेश इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी जवान हुन् ।कार र मोटरसाइकल इलाका प्रहरी कार्यालय सालझण्डीले नियन्त्रणमा लिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *