दुःखद खबर; सडक दुर्घ’टनामा ५ जनाको मृ’त्यु

काठमाडौ । दाङ, राप्ती गाउँपालिका-४ मौरीघाटस्थित सडकमा ना.६ ख ३३४४ नम्बरको ट्रकले रा.५ प ६७३३ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जनाको मृ’त्यु भएको छ । दुर्घ’टनामा गम्भीर घा’इते भएका मोटरसाइकलमा सवार सोही गाउँपालिका-५ सिसहनिया कमलरोड बस्ने १६ वर्षीय मनोज गाहा समेत ३ जनाको लमही अस्पताल दाङमा उपचारको क्रममा मृ’त्यु भएको हो ।

हाल फ’रार रहेको ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । रामेछाप, मन्थली नगरपालिका-१ एकलेबरस्थित सडकमा प्रदेश ३/०१/००६ ख ३२० नम्बरको गाडी सडकबाट करिब ६० मिटर तल खसेर बुधबार बिहान दु’र्घटना हुँदा चालक उदयपुर कटारी नगरपालिका-४ बस्ने ३२ वर्षीय प्रदिप कार्कीको मृ’त्यु भएको छ । दुर्घ’टनामा गम्भीर घा’इते भएका उनको तामाकोशी अस्पताल मन्थलीमा उपचारको क्रममा मृ’त्यु भएको हो ।

बारा, जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिलाको बुधबार बिहान घटनास्थलमै मृ’त्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । सांकेतिक तस्वीर,

Leave a Reply

Your email address will not be published. Required fields are marked *