दाङ मोटरसाइकल दुर्घ’टना – मृ’तकका आफन्तले गरे राजमार्ग बन्द

ट्रकको ठक्करबाट तीन जना किशोरको मृ’त्यु भएपछि आफन्तले पूर्व पश्चिम राजमार्ग बन्द गरेका छन्। बुधबार बिहान करिब १० बजेदेखि मृ’तकका आफन्तले पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा सडक बन्द गरेपछि सयौं सवारी साधान सडकमै रोकिएका छन्। मृ’तकका आफन्तले दुर्घ’टनापछि मृ’तक तीनै जना किशोरको मुचुल्का नउठाई श’व उठाएको तथा दुर्घ’टनामा परेको ट्रक पनि बुधबार बिहान लैजान खोजेको भन्दै चक्काजाम गरेका हुन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले आफू घट’नास्थलतर्फ गइरहेको जानकारी दिँदै बन्द सडक खुलाउनेबारे छलफल थालिसकेको बताए।

‘जिल्लाबाट हामी पनि पुग्दैछौं र त्यसपूर्व नै स्थानीय प्रहरी अधिकारी पुगेर बन्द कर्तासँग राजमार्ग खुलाउनेबारे छलफल सुरू गरिसक्नु भएको छ,’ उनले भने ‘ आशा छ हामी छलफल गरी छिट्टै राजमार्ग खोल्ने छौं।’यसैबीच दुर्घ’टनापछि फ’रार भएका ट्रक चालक कपिलवस्तुको गोरुसिंगेबाट प्रहरी सम्पर्कमा आएका छन्। ‘चालकलाई हामीले गोरुसिंगेमा प’क्राउ गरी दाङतर्फ ल्याइरहेका छौं,’ एक प्रहरी अधिकारीले भने, ‘ट्रकका साहुजी भैरहवाबाट सम्पर्कमा आउनु भएको छ। उत्पन्न समस्या समाधान छिट्टै हुनेछ।’

एउटै मोटरसाइकलमा सवार तीन जना किशोरको मंगलबार बेलुका पौने ८ बजेतिर ट्रकको ठक्करबाट मृ’त्यु भएको थियो। उनीहरूको श’व पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *