ओखलढुंगामा सांसद को विजोग, स्थानीयको आक्रमणपछि भागाभाग

ओखलढुंगा : कात्तिक २५, ओखलढुंगामा संघीय सांसद यज्ञबहादुर सुनुवार र प्रदेश सांसद मोहन खड्कालाई स्थानीयले लखेटेका छन् । जिल्लाको लिखु गाउँपालिकामा सडक उद्घाटन गर्न गएका नेताहरुलाई स्थानीयले लखेटेपछि सांसद सुनुवार र खड्काको भागाभाग मच्चिएको हो । काठमाडौं सिरिसे, तारकेराबारी, पोखरी सडक खण्ड उद्घाटन गर्न पुगेका नेताहरुलाई रिबन काट्न जाने क्रममा स्थानीयले उनीहरुलाई तीन घण्टा घेराबन्दी गरेका थिए । नेताहरुलाई स्थानीयले अवरोध गरेपछि झडपको स्थिति सिर्जना भएको थियो ।

लिखु गाउँपालिकाको वडा नम्बर ६, ७, ८ र ९ वडामा स्थानीय जनप्रतिनिधिले उद्घाटन गरिसकेको सडक उद्घाटन गर्न सांसद सुनुवार र खड्का दलबलसहित गाउँ पसेपछि स्थानीयले कार्यक्रम स्थल जान लागेका उनीहरुलाई तीन घण्टा रोकेका थिए । सांसद सुनुवार र खड्कालगायत गाउँपालिकाका अध्यक्ष र अन्य जनप्रतिनिधिहरुले स्थानीयलाई हारगुहार गरी चक्का जाम खुलाई कार्यक्रम स्थलमा पुगि रिबन काटिसकेपछि स्थानीयले कात्तिक १९ गते उद्घाटन गरिसकेको सडक निर्माणको जस आफुले लिनका लागि कात्तिक २३ गते पुन: उद्घाटन गरिरहेको अवस्थामा स्थानीयले आक्रमण गरेपछि सांसदहरुको भागाभाग भएको थियो । केही समयअगाडी सडक निर्माण समितिले निर्माण पुरा नभईको र पास नगरेको त्यही सडकखण्डको सिरिसेको पुल उद्घाटन गर्न जाँदा स्थानीयले आक्रमण गरेपछि उद्घटन नै नगरी भागेका थिए ।

यसअघि पनि लिखु गाउँपालिकाका अध्यक्ष गोबिन्द पौडेललाई मुंग्रा प्रहार गरी र दोस्रो पटक कार्यालयमै स्थानीयले कुट’पिट गरेका थिए । त्यस्तै गाउँपालिकाका अध्यक्ष गोबिन्द पौडेलको संरक्षणमा उनका भाई विशाल पौडेल (गाउँपालिकाका वडा अध्यक्ष) ले बालुवा तस्करीदेखि सडक निर्माणको काममा अनियमितता गरेपछि उनको चर्को विरोध हुँदै आएको छ । त्यस्तै गाउँपालिका अध्यक्षका भतिजाले सार्वजनिक जग्गा मिचेर घर बनाउँदासम्म पनि अध्यक्षले संरक्षण गरेको स्थानीयहरुको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *