भारतको जोधपुर जिल्लास्थ्ति बासनी क्षेत्रमा मंगलबार निर्माणाधीन भवन भत्किँदा ८ मजदुरको मृ’त्यु भएको छ।।मृ’तकको संख्या बढ्न सक्ने त्यहाँका अधिकारीले जनाएका छन्।भत्किएको भवनभित्र झन्डै २० जना पुरिएको अनुमान गरिएको छ। धेरै जना घा’इते पनि भएका छन्।उद्धार जारी रहेको बीबीसी हिन्दीले जनाएकाे छ। मुख्यमन्त्री अशोक गहलोतले मृ’तकका परिवारलाई सहायता कोषबाट जनही २ लाख र घा’इतेलाई ४०/४० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन्।