गम्भीर घाइ’ते भएर ६२ दिनदेखि बेहोस व्यक्तिले मनपर्ने खानेकुराको नाम सुनेपछि …

उत्तर–पश्चिमी ताइवानमा एउटा यस्तो घटना सार्वजनिक भएको छ, जसलाई देखेर डाक्टरहरू नै अचम्मित भएका छन् ।मनपर्ने खानेकुराको नाम र कुराकानी हुँदा सबैको मुख रसाउँछ । घाइ’ते भएर बेहोस अवस्थामा कोमामा रहेको व्यक्तिले मनपर्ने खानेकुराको नाम सुन्न सक्छ ? धेरैले सक्दैन भन्ने अनुमान गर्न सक्छन् तर ताइवानमा ६२ दिनदेखि कोमामा रहेका घा’इते मनपर्ने खानेकुराको नाम सुन्दा होसमा आएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ताइवानका १८ वर्षीय चियू स्कूटर दुर्घटनामा परेर गम्भीर घा’इते भई ६२ दिनदेखि कोमामा थिए । डाक्टरले समेत उनी बाँच्ने विश्वास कमै गरेका थिए । उनको मिर्गाैला र लिभरमा चोट थियो ।

उपचारका क्रममा उनको ६ वटा शल्यक्रिया गरिएको थियो । घा’इते चियूका दाइले अस्पतालमा गएर मजाकमा भने, ‘भाइ म तिम्रो मनपर्ने चिकन फिलेट खान जाँदैछु ।’ चियूलाई चिकन फिलेट धेरै मन पर्छ । दाइको कुरा सुनेर घा’इते भाइको शरीर चल्न थाल्यो र उनी होसमा आएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *