एकाबिहानै दुइ जना मृ’त अवस्थामा फेला

काठमाडौ । कैलाली, बर्दगोरिया गाउँपालिका–४ पुरैनातालस्थित डल्लेचौरमा सोही गाउँपालिका–३ खैरेनी मुक्ति शिबिर बस्ने २१ वर्षीय लाल बहादुर डगौरा सोमबार मृ’त अवस्थामा फेला परेका छन् ।

मकवानपुर, थाहा नगरपालिका–४ रुप्से बस्ने ७२ वर्षीय विष्णु बहादुर तामाङ सोही नगरपालिका–२ स्थित दहमा सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । शनिबार बिहान सोही नगरपालिका–२ बस्ने उनकै छोरीको घरमा जान्छु भनि हिँडेकोमा अबेरसम्म घर नफर्के पश्चात खोजी गर्ने क्रममा उक्त दहमा उनको लाश फेला परेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता चितवनको कालिका नगरपालिका–१ बस्ने ४५ वर्षिय सुक बहादुर पाख्रिनको करेन्ट लागेर सोमबार दिउँसो मृ’त्यु भएको छ । कालिका नगरपालिका–६ खोलेसिमलस्थित पुरुषोत्तम कडेलको घर बनाउने क्रममा रडले विद्युतको तार छुँदा करेन्ट लागेर गम्भीर घा’इते भएका उनलाई उपचारका लागि सरकारी अस्पताल भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृ’त्यु भएको हो । करेन्ट लागेर घाइते सोही ठाउँ बस्ने २८ वर्षीय अनिष श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यता धनकुटा, साँगुरीगढी गाउँपालिका–७ बैका बस्ने ७५ वर्षीया पुण्डुकी राईको घरमा चुलोबाट आइतबार दिउँसो आगलागी हुँदा घर जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । बारा, कलैया उपमहानगरपालिका–२४ सखुई बस्ने शोभा लाल चौधरीको घरमा सोमबार दिउँसो आगलागी भई बस्तीमा समेत फैलिँदा शोभा समेत ७ जनाको ७ वटा घर जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कपिलवस्तु, बुद्धभूमि नगरपालिका–१ पथ्थरकोटस्थित सडकमा बाटो सफा गर्ने एयर कमप्रेशर मेसिनमा तार सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा मेसिन जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *